मुख्यमन्त्री राईविरुद्व अविश्वास प्रस्ताव पेश



Dharana    

access_time 21 Feb 2021

 काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा डबल नेकपाको प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको अविश्वास प्रस्ताव पेश भएको हो ।प्रदेश सभा बैठक सुरु भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले प्रचण्ड–नेपाल पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोलाई अविश्वासको प्रस्ताव पेश गर्न समय दिएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई मुख्यमन्त्री राईले साथ दिएका कारण आफुहरुले राईलाई साथ दिन नसकेको जनाए । आफुहरु प्रधानमन्त्रीको कदमका विरुद्व निरन्तर आन्दोलनमा रहेको उनको भनाई थियो । मुख्यमन्त्री राईविरुद्व प्रचण्ड–नेपाल समूहले गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर, प्रधानमन्त्री ओली पक्षले  प्रस्ताव अगाडि बढाउन असहयोग गर्दै आएको थियो ।

आज आइतबार पनि मुख्यमन्त्री राईले बैठक स्थगित गर्न दबाब दिँदै आएका थिए । तर, दबाबलाई स्वीकार नगरिएपछि उनको समूहले बैठक बहिस्कार गरेको थियो ।



Share Your Thoughts