तालिमप्राप्त पत्रकार नहुँदा विसंगति बढ्यो: सञ्चारमन्त्री गुरुङ


अगर बत्ती

Dharana    

access_time 07 Feb 2021

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको जनाएका छन् । आइतबार काठमाडाैंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको जनाएका हुन् ।   

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारिता क्षेत्रको गुणस्तर नहुने  जनाए । आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने धारणा राखे ।  उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि जनाए । 

 मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताए । उनले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कार्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको  जनाए  । 

पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाई छ । उनले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्नु पर्नेमा जाेड दिए । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।



Share Your Thoughts