आजदेखि शहीद सप्ताह शुरु


अगर बत्ती

Dharana    

access_time 23 Jan 2021

काठमाडौं । शहीद सप्ताह शनिबार एक कार्यक्रमका बीच औपचारिक रुपमा शुरु भएको छ । १०३ वर्षीय जहानियाँ राणाशासनको विरुद्धमा आन्दोलनमा होमिएका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह काठमाडौं महानगरपालिकाले आयोजना गर्दै आइरहेको छ । 

शनिवार शुरु भएको सहीद सप्ताहमा राणाशासनविरुद्ध आन्दोलनमा सरिक हुनुभएका शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीकाे बाेटमा शहीद शुक्रराजको प्रतिमामा माल्यार्पण गरिएको छ । उहाँको प्रतिमामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माल्यार्पण गर्नुभएको थियो । उक्त रुखमा राणाशासकले शास्त्रीलाई झुण्डाएर मृत्युदण्ड दिएको थियो । 



Share Your Thoughts