मातृभाषा बचाउ अभियन्ताले बुझाए शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पत्र



Dharana    

access_time 23 Jan 2021

काठमाडौं -   रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पुनः स्थापना गरेका मातृभाषा बचाउ  अभियन्ताले शिक्षा  मन्त्री भेटेका छन् । नेपाल भाषाका शिक्षक  प्रा. डा. चन्द्रमान बज्र्राचार्य, नेवाः  विधार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, महासचिव प्रशान्त, तथा युनियन सदस्यहरु सुरोज महर्जन, सृजनमान श्रेष्ठले कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति हुनु भएकोमा  शुभकामना दिई  ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ -उपत्यकाका आशा एवम् भरोसाका दरिलो स्तम्भ  हुनु भएका माननीय कृष्णगोपाल श्रेष्ठज्यू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएकोले नेवार विद्यार्थीहरुको साझा संगठन नेवाः विद्यार्थी युनियनद्धारा कार्यकाल सफलताको सुभकामना व्यक्त गर्दछ ।

यस रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक तहमा आज भन्दा करिव आठ नौठ बर्ष अगाडि नेपालभाषा अध्यापन बन्द भइसकेकोलाई ध्यानमा राखी सम्पूर्ण मातृभाषा अनुरागी, नेपालभाषा अभियन्ता, विद्यार्थी, शिक्षकहरुको संयुक्त प्रयासमा ने।स। ११३८ अर्थात वि।स। २०७४ देखि नेपालभाषा विषय पुनः समावेश गर्न सफल हुनु सम्पूर्ण नेपालभाषाभाषीहरुका निम्ति गर्भको कुरा प्रस्तुत गर्न पाउँदा एकदम खुशी लागेको छ ।

आजभोलि यस क्याम्पसमा उपत्यकाका अरु क्याम्पसमा स्नातक तह सबै भन्दा बढी नेपालभाषा पढ्ने विद्यार्थी रहेको छ । जसमध्ये पहिलो, दोस्रो, तेस्रो तहमा गरी जम्मा ५३ जना विद्यार्थी भएता पनि विद्यार्थीहरुलाई क्याम्पस प्रशासनबाट कक्षा कोठाको आवश्यक व्यवस्था नहुनुबाट विद्यार्थीहरु मर्का भइरहेको छ । चाहिने पाठ्यसामग्री सम्बन्मा सम्बन्धित प्रकाशक तथा संघसंस्थालाई सम्बन्धित निकायहरुले तत्कालहरुले विशेष ध्यान दिन अनुरोध गर्दछौं ।

साथै रत्नराज्य लक्ष्मी क्याम्पसमै नेपालभाषा स्नातकोत्तर ९एम। ए।० तहमा विद्यार्थीहरुले रुचि देखाइरहेकोले अध्ययनअध्यापनको व्यवस्था यथाशिघ्र सम्बोधन हुने आशाका साथ माननीय मन्त्रीलाइ ज्ञापन पत्र हस्तातरण गरिएको जनाइएको छ ।                                                                         

यस्तो छ ज्ञापन पत्र-





Share Your Thoughts