संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ



Dharana    

access_time 21 Jan 2021

 माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएकाे छ ।  १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको जनाइएको छ ।

आज बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले जोशिलो भएर केहीबेर कुरा गरेका थिए ।     

उनले भने, ‘शताब्दी पुरुषले हामीलाई आफूले अझै आँखा देख्ने, कान सुन्ने छँदै किन अस्पताल जाने भनेर जवाफ दिनुभयो ।’  किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ । 

आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।



Share Your Thoughts