सुरु भयो डबल नेकपाका नेता लखेटिने खेल, सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै कार्यकर्ताले लखेटे


अगर बत्ती

Dharana    

access_time 21 Nov 2020

काठमाण्डौ। डबल नेकपाका नेताहरुलाई आफ्नै कार्यकर्ताले लखेट्ने क्रम सुरु भएको छ । स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डलाई आफ्नै कार्यकर्ताले कार्यक्रममा बोल्न नदिएर आज मंसिर ६ गते शनिबार चितवनमा  लखेटेका छन् ।

चितवनबाटै डबल नेकपाका प्रतिनिधिसभा सादस्य समेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले मन्तब्य दिने क्रममा खुलेरै पाण्डेको बिरोध गरे ।  पाण्डेले हिजोदेखी नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकताई भेला गराईदिन आग्रह गरे अनुसार आज पार्टी कमिटीले कार्यक्रम आयोजना गरेको थियो । 

आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले आज बिरोध जनाएका थिए । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध बोल्दा कार्यकर्ताले लखेटेका हुन् । 

पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध  आक्षेपहरु  लगाएको एक कार्यकर्ताले भन्दै कार्यकर्ताले कार्यक्रम स्थलबाट बोल्नै नदिने गरि बिरोध गरे । मदन भण्डारीलाई चिनजान गराईदिने, राधिका शाक्यसँग विवाह समेत आफैले गराईदिएको, सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका  आरोप लगाएकाले पाण्डेलाई लखेट्न बाध्य भएको कार्यकर्ताको जनाएए ।  दर्जनौं कार्यकर्ताहरुले बिरोध गर्दै लखेट्ने सम्भावना बढेपछि प्रहरीले पाण्डेलाई सुरक्षा दिएर लगेको थियो ।

Prabhu bank

Share Your Thoughts