कोरोना भाइरस थप एक संक्रमितको मृत्यु



Dharana    

access_time 18 Oct 2020

 मोरङ– धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।    आइतबार बिहान ३ः०० बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।   

मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए ।    शवको उचित व्यवस्थाका लागि तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ । 



Share Your Thoughts