कोरोना संक्रमित मृतकको संख्या ७२७ पुग्यो थप १२ जनाको मृत्यु


अगर बत्ती

Dharana    

access_time 17 Oct 2020

काठमाडौं– पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 

 नेपालमा कुल संक्रमितमध्ये ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ।  योसँगै पिसिआर परीक्षण हुनेको संख्या १२ हजार ६९ हजार ६ सय ५ पुगेको छ। हाल ४ हजार ७ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

Prabhu bank

Share Your Thoughts