देशभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४२९ पुग्याे



Dharana    

access_time 22 Sep 2020

काठमाडौं- पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चाेकका ५० वर्षिय महिलाको मृत्यु भएको जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको सख्या ६६ हजार ६३२  पुगेको छ। 

देशभर ८२३ जना संक्रमणमुक्त भएपछि संक्रमणमुक्त  हुनेको सख्या ४८ हजार ६१ जना पुगेको छ।



Share Your Thoughts