नेपालमा काेराेना मृतकको संख्या ४११ पुग्यो : आज दश संक्रमितको मृत्यु



Dharana    

access_time 20 Sep 2020

काठमाडौं- नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ।   ७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।   काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   

यसअघि शनिबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।  



Share Your Thoughts