थप १३२५ जना संक्रमितसहित संक्रमितको संख्या ६४ हजार नाघ्यो



Dharana    

access_time 20 Sep 2020


काठमाडौं- पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। 

आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घन्टामा ९५८४ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा मृतकको संख्या ४११ पुगेको छ।



Share Your Thoughts