पाँच युवा लुटेरामा कोरोना



Dharana    

access_time 16 Sep 2020

काठमाडौं - काठमाडौंको कपनस्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट अभियोगमा पक्राउ परेका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बुढानिलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ पाँच जनाको समूहले लुटेका थिए । लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनीहरुलाई पक्रेर हिरासतमा राखेको थियो ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चार जना र सर्लाहीका एक जना छन् ।

संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ । थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Prabhu bank

Share Your Thoughts