साेमबार थप ८ कोरोनाबाट मृत्युसहित मृतकको संख्या १५७ पुग्यो


अगर बत्ती

Dharana    

access_time 24 Aug 2020

काठमाडौं -  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मृत्यु हुनेमा मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।   

थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन्।  यसैगरी पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।



Share Your Thoughts