विश्वभर झण्डै दुई करोड ३६ लाख कोरोना संक्रमित, नेपालमा ३२ हजार नजिक


अगर बत्ती

Dharana    

access_time 24 Aug 2020

काठमाडौं । विश्वभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३६ लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३५ लाख ८२ हजार नौ सय ८५ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख १२ हजार चार सय ८७ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६० लाख ८० हजार चार सय ८५ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ८० हजार ६ सय ४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख १४ हजार सात सय ७२, भारतमा ५७ हजार ६ सय ९२ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

तथ्याङक अनुसार मेक्सिकोमा पछिल्लो २४ घण्टामा दुई सय २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हालसम्म मेस्सिकोमा ६० हजार चार सय ८० जनाको ज्यान गइसकेको छ ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नौ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म बिश्वभर १८ हजार ६ सय ३१ जनाले कोरोना जितेका छन भने एक सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।



Share Your Thoughts