नेपालमा ९ जना कोरोना संक्रमितको मृत्युसहित मृतकको संख्या १४६ पुग्यो


अगर बत्ती

Dharana    

access_time 22 Aug 2020

काठमाडौं - नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ। 

६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा २, पर्सामा ३, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा १र१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जनाए । 

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष रहेका छन्। यस्तै, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।   

नेपालमा कोरोना संक्रमणको मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको गौतमले बताए। यसअघि नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 



Share Your Thoughts