कोरोनाबाट वीरगञ्जमा थप दुईको मृत्यु


अगर बत्ती

Dharana    

access_time 22 Aug 2020

काठमाडौं - पर्साको वीरगन्जमा कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। 

पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय एक पुरुष र वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुष गरी थप दुई जनाको मृत्यु भएको हो । डकौला बहुअरीका पुरुषको शनिबार बिहान र सुगौली गाउँका पुरुषको भने शुक्रबार मृत्यु भएको हो।  डकौला बहुुअरीका पुरुषको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको उपचारमा संलग्‍न चिकित्सकले जनाए । 

मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।  भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट उनलाई राति नै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा सारिएको थियो। उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । 

वीरगन्ज महानगरपालिका २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो। उनको नारायणी कोभिड १९ अस्पताल बिरगंज हेल्थ केयरमै मृत्यु भएको हो।  भाद्र ०४ गते स्वाव संकलन गरि स्बाव परीक्षण गर्दा २०७७ भाद्र ५ गते नतिजा पोजेटिभ आएको, उनको  कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका उनको दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दा गर्दै अवस्था झन् गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको बताइएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साले मिति २०७७ भाद्र ०५ गते साँझ ५ बजेसम्मको अद्यावधिक विवरण सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको छ ।

यस्तो छ पर्सामा कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण  : १)  जम्मा कोरोना संक्रमित पुष्टि संख्या : १७३६ ९१३५६ पुरुष, ३८(महिला) (आज पुष्टि भएका वीरगंज महानगरपालिकाका ७१, बहुदरमाई न.पा. का १,जिराभवानी गा.पा. का १ पोखरिया न.पा.का १, र पकहाँमैनपुर गा.पा.का १ गरी जम्मा ७५ जना जसमा पुरुष ५१ र महिला २४ जना रहेका छन । (२२ जना भारतीय नागरिक, ११८ जना स्वास्थ्यकर्मी, ८५ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा , ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र का.स. सहित) २) कोरोना मुक्त भई घर फर्केकाको संख्या: ३४५ ( २७३ पुरुष, ७२ महिला) ९आज विभिन्न उमेर समूहका ७ जना (५ पुरुष २ महिला) निको भई घर फर्केका ३) आईसोलेसनमा रहेको पोजेटिभ केस : १३८ (१११ पुरुष, २७ महिला) ४) होम आईसोलेसनमा रहेको पोजेटिभ केस : ६०५ (४०१ पुरुष, २०४ महिला) ५) क्वारेन्टाईनमा रहेको संकास्पद केस : १०१ (८० पुरुष, २१ महिला) ६)  जम्मा स्वाव संकलन : १७२६६ रिपोर्ट आउन बाँकी :३७२ आज संकलन भएको स्वाव संख्या : २७१ ७) मृतकको संख्या :  हालसम्म कोभिड-१९ को कारण मृत्यु भएको संख्या २६ ८)  नारायणी कोभिड-१९ अस्पताल गण्डकमा-७०, नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयर-१२० र नारायणी अस्पतालमा-२० बेड गरी २१० बेडको आईसोलेसन सेन्टर हुनुका साथै ४९५ बेडको सेमी आईसोलेसनको व्यवस्था गरिएको छ । ९)  जिल्लाको विभिन्न ठाउँमा संचालित १२५५ बेडको क्वारेन्टाईन रहेको ।

नोट : वीरगंज महानगरपालिका वडा न. ३ मा २ जना, ४ मा २ जना, ६ मा २ जना, ८ मा ३ जना, ९ मा ७ जना, १० मा १४ जना, ११ मा ३ जना, १२ मा २ जना, १३ मा ३ जना, १५ मा १ जना, १६ मा ७ जना, १८ मा ३ जना, १९ मा १ जना, २६ मा १ जना र ३२ मा १ जना Positive  रहेको।



Share Your Thoughts