गोंगबु एक पुरुष हत्यामा संलग्न रहेकाे आरोपमा महिला पक्राउ



Dharana    

access_time 10 Aug 2020

काठमाडौं - नेपाल प्रहरीले काठमाडौंको गोंगबुस्थित गणेशस्थानबाट  एक व्यक्तिको हत्या गरेर फालेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।  घटनामा संलग्न भएको आशंकामा आइतबार पक्राउ परेका ४ महिलालाई भने छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।

Prabhu bank

Share Your Thoughts