देशमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो



Dharana    

access_time 10 Aug 2020

उपत्यकामा संक्रमितको संख्या १,१८० पुग्यो 

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित भएका छन् ।  यो सँगै  उपत्यकामा कुल संक्रमितको संख्या ११८० पुगेको छ। काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।

आज सोमबार देशभर ३३८ संक्रमित थपिएका छन्। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ।  

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको भएका छन्।

Prabhu bank

Share Your Thoughts