बीमा कम्पनीहरुको प्रतिष्पर्धा बढेपनि जनतामा पुग्न नसक्नुको कारण के ?



Dharana    

access_time 06 Aug 2020

 —प्रीति रमण 

नेपालमा  बीमा कम्पनीहरुबीच निक्कै प्रतिस्पर्धा चलेको छ । कम्पनी खोल्नेहरु बीचको प्रतिस्पर्धाले यो क्षेत्रमा राम्रै मुनाफा हुँदो रहेछ भनेर निश्कर्ष निकाल्न सकिन्छ ।  तर बीमा कम्पनी जुन उद्देश्यका साथ खोलिएको हुन्छ त्यो उद्देश्य प्राप्तितर्पm बीमा कम्पनी वालाहरुको ध्यान पुगेको पाइदैन ।  खासगरी जनताको आकर्षण बीमा तर्पm नहुनुको कारण यही हो जस्तो लाग्छ ।  नेपाली बीमाको  इतिहास ७ दशक पुरानो भइसकेको छ । तर बीमाको पहुँच भने अझै पनि धेरै नागरिकमा पुग्न सकेको पाइदैन । 

२ वर्ष अघिसम्म ७ प्रतिशत नागरिकमा मात्रै  बीमाको पहुँच सीमित थियो । अहिले २७ प्रतिशत नागरिक (वैदेशिक रोजगार समेत) बीमाको दायरामा आएको दावी गरिएको छ । बीमाको पहुँच यसरी विस्तार हुनुमा नयाँ बीमा कम्पनीहरुको राम्रो योगदान हो भन्ने मूल्यांकन बीमा समितिको रहेको पाइएको छ । तर यस्तो मूल्यांकन के आधारमा गरियो भन्ने बारे बीमा समिति स्पष्ट भएको पाइदैन । बीमा कम्पनीहरुको अनुगमनका लागि स्थापना भएको बीमा समितिले बीमा कम्पनीहरुलाई अनुगमन गरिरहेको भएपनि कम्पनीहरुलाई प्रभावकारी ढंगले अनुशासनको दायरामा राख्न समिति सफल हुन सकेको पाइदैन । यसमा समितिको कमजोरी भन्दा पनि कम्पनी वालाहरुको लापर्वाहीपूर्ण व्यवहार जिम्मेवार मान्न सकिन्छ । 

बीमा कम्पनीहरुले बीमा बजारमा अराजकता पनि मच्चाइरहेका छन् । पुराना बीमा कम्पनीहरुलाई भर्खरै स्थापना भएका कम्पनीहरुले समेत प्रतिस्पर्धाका लागि  टक्कर दिन थालेका छन् । त्यसैले बीमा कम्पनीहरु परम्परागत ढंगले चल्ने हो भने अब उनीहरुको व्यवशायलाई चुनौति थपिएको छ । 

लामो समयदेखि सञ्चालनमा रहेका निक्कै पुराना केहि कम्पनीलाई पनि कतिपय नयाँ कम्पनीहरुले बीमा शुल्क आर्जनमा उछिनेका छन् ।  गत आर्थिक वर्ष २०७६ ÷ ७७ मा १९ वटा बीमा कम्पनीहरुले ९४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्यांकमा जनाइएको छ । यसमा नयाँ थपिएका बीमा कम्पनीहरुको योगदान १५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो तथ्यांकले पनि पुराना बीमा कम्पनीहरुको अवस्था चुनौतीपूर्ण रहेको मान्न सकिन्छ । 

जीवन बीमा कम्पनीहरुका समस्या आफ्नै किसिमका रहेका छन् । कम्पनीहरुको संख्या बृद्धि भएपद्धि प्रतिस्पर्धा चुनौतिपूर्ण हुनु पनि स्वाभाविक हो । तर जनताको बीचमा लोकप्रिय कम्पनी बन्नका लागि जीवन बीमा कम्पनीहरुले विश्वास आर्जन गर्ने पर्ने हुन्छ । यो क्षेत्रमा विश्वास आर्जन भनेको जनतामाथि आर्थिक भार नथोपरेर सम्झौता अनुसारको सुविधा उपलब्ध गराउने नै हो । कतिपय जीवन बीमा कम्पनीहरुले विभिन्न किसिमका सुविधाका प्रलोभन देखाएर सदस्यहरुको संख्या बढाउने गरेका पाइन्छन् । तर सम्झौता अनुसारका सुविधाहरु दिन आलटाल गर्ने र बिलम्ब गरेर सताउने गरेका गुनाशाहरु प्रशस्तै सुनिन्छन् । 

बीमा कम्पनीहरु यथार्थमा भन्ने हो भने ग्रामीण भेगमा पुग्न सकिरहेका छैनन् । ग्रामीण भेगका जनतासँग घुलमील हुन सक्नु पर्दछ । अहिलेको समय ग्रामीण जनतामा चेतनास्तर माथि उठाउन पनि बीमा कम्पनी जस्ता सेवाप्रदायक कम्पनीको योगदान महत्वपूर्ण हुन सक्दछ । बीमा कम्पनी अर्थतन्त्रकै एउटा पाटो भएकाले जनस्तरमा यसको पहुँच आवश्यक हुन्छ । 

बीमा सेवा हो, व्यापार होइन भन्ने कुरा बीमा कम्पनीवालाहरुले आत्मसात गरेर यो सेवामा प्रवेश गर्नु पर्दछ । नयाँ कम्पनीहरुलाई लाइसेन्स दिनु अघि कम्पनीवालाहरुलाई यो सवालमा प्रतिबद्ध बनाउन जरुरी छ ।  पुँजी सानो भएको र कम्पनी पनि विश्वास कम भएको अवस्थामा पनि सेवा प्रभावकारी हुने हो भने ठूलो लगानीका कम्पनी समेत जनसेवाका लागि प्रतिस्पर्धामा जान बाध्य हुन्छन् । 

बीमाको पहुँच राम्रो भयो भने जनता आकर्षित हुनु स्वाभाविक हो । जनता आकर्षित भए भने बीमा कम्पनीहरुको लोकप्रियता पनि बढ्नु स्वाभाविक हुन्छ । — जनधारणा साप्ताहिकबाट


Prabhu bank

Share Your Thoughts