आज उपत्यकामा थपिए ६२ कोरोना संक्रमित : कुल संक्रमितको संख्या ७८९ पुग्याे



Dharana    

access_time 05 Aug 2020

काठमाडौं - पछिल्लो २४ घन्टामा बुधबार काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमति थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८, ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४१६ पुरुष र १८२ महिला, ललितपुरमा ७२ पुरुष र ४२ महिला, भक्तपुरमा ४५ पुरुष र ३२ महिलामा कोरोना संक्रमण देखिएको हो।  योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७८९ पुगेको छ। 

बुधबार देशभर ३८१ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।






Share Your Thoughts