कोरोना संक्रमित २० हजार नाघ्यो



Dharana     remove_red_eye 40

access_time 01 Aug 2020

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ।

शनिबार थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन्। 


नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। 


 


Prabhu bank

Share Your Thoughts