काठमाण्डौको बल्खुमा २ जना काेरोना संक्रमित भेटिए



Dharana     remove_red_eye 1177

access_time 31 Jul 2020

काठमाण्डौ । सरकारले लकडाउन खुला गरेसँगै समुदाय लगायत शहरका बस्तीहरुमा समेत कोरोना संक्रमितहरुको संख्या बृद्दि भैरहेको छ । यसै क्रममा आज साउन १६ गते अपरान्ह ४ बजेतिर बल्खुस्थित कुमारी ल्कव परिसरमा २ जना संक्रमित फेला परेका छन् । ती संक्रमितहरु कुमारी ल्कव नजिकै डेरा लिएर बस्ने ३५/३६ वर्षका युवतिहरु  रहेको थाहा भएको छ । 

संक्रमितहरु रहेको जानकारी पाए लगत्तै कुमारी ल्कवका अध्यक्ष नकुल हमाल ठकुरीले कामपा  १४ नम्बरका अध्यक्ष शोभा सापकोटालाई खबर गरेपछि अध्यक्ष सापकोटा कुमारी ल्कव क्षेत्रमा पुगि प्रहरी र प्रजिअलाई खबर गएिको ल्कवका अध्यक्ष नकुलले जनधारणालाई जानकारी गराउनु भएको छ । 

प्रजिअलाई जानकारी गराएको १ घन्टा बितिसक्दा पनि के गर्ने भन्नेबारे कुनै निकायबाट ब्यवस्थापनको सहयाेग उपलब्ध नभएको गुनासो हमालले सुनाउनु भएको छ । संक्रमितहरु भने आफ्नो निवासमा बसिरहेको जनाईएको छ ।  


Prabhu bank

Share Your Thoughts