बेरोकटोक उपत्यका प्रवेश गराएपछि आज थपिए ५३ जना कोरोना संक्रमित



Dharana     remove_red_eye 178

access_time 28 Jul 2020

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ र काठमाडौं का ११ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ९ र ललितपुरका १ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका २१ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौं का ६ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जनाए ।

पछिल्लो केही सातायता बेरोकटोक काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौं  उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ। संक्रमणको जोखिम बढेपछि राजधानी पस्ने नाकाहरुमा यात्रुहरुको स्वाब संकलन गर्न थालिएको छ।

Prabhu bank

Share Your Thoughts