कोरोना भाइरसका कारण आज एकै दिन तीनजनाको मृत्यु



Dharana     remove_red_eye 129

access_time 27 Jul 2020

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु  भएको छ । मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । आज तीनजना मृतक संख्या थपिएसँगै कुल मृतक संख्या ४८ पुगेको छ ।

आज पुष्टि भएका मृतक तीनैजना पुरुष हुन् । जसमध्ये एकजना भारतीय नागरिक हुन् भने दुईजना नेपाली ।

मृतकहरुको विवरण

१- पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । आजै स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

२ -धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको, तर आज स्वास्थ्य मंत्रालयले पुष्टि गरेको ।

३- बारा फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । 

Prabhu bank

Share Your Thoughts