विश्वभर ९९ लाख बढी कोरोना संक्रमित, ५३ लाख भन्दा बढी संक्रमण मुक्त



Dharana    

access_time 27 Jun 2020

काठमाडौं /  विश्वभर कोरोना भाइरसको संक्रमित संख्या करोड नजिक पुगेको छ । मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार बढी पुगेको छ । 

वल्डोमिटर्सका अनुसार आज शनिबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ९९ लाख ३ हजार ७ सय ७७ पुगेको छ ।

यस्तै कोरोना संक्रमणका कारण विश्वभर  मृत्यु हुनेको संख्या ४ लाख ९६ हजार ७ सय ९६ पुगेको छ । 

यस्तै कोरोना संक्रमण मुक्त हुनेको संख्या ५३ लाख,५७ हजार १ सय ५४ पुगेको छ । 
  



Share Your Thoughts