नेपालमा २७ कोरोना संक्रमितको मृत्यु



Dharana    

access_time 26 Jun 2020

काठमाडौं /  शुक्रवार अपरान्हसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । संक्रमितको कुल सङ्ख्या भने  ११,७५५ पुगेको छ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  शुक्रबारको नियमित प्रेस ब्रिफिङमा थप  एक जनाको मृत्यु भएको  पुष्टि गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार कोभिड-१९ पुष्टि भएकी मृतक दाङमा फेला परेकी थिइन्।

असार ११ गते अचेत अवस्थामा फेला परेकी र अस्पतालले मृत घोषित गरेकी ती अन्दाजी २५-३० वर्षीया ती महिलाको नाम परिचय खुलेको छैन।

मरणोपरान्त उनीबाट सङ्कलित नमुना सङ्कलन गर्दा ती महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए। परीक्षणको परिणाम शुक्रवार आएको थियो।



Share Your Thoughts