नेपालमा कोरोना संक्रमितको संख्या ११,१६२ पुग्यो



Dharana    

access_time 25 Jun 2020

काठमाडौं / नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । 

हालसम्म कोरोना संक्रमण मुक्त हुनेको  संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला  र २९३ पुरुष गरी ३१२ जना संक्रमण मुक्त  भएको पनि गौतमले जानकारी दिए । 



Share Your Thoughts