थप एक जना कोरोना संक्रमितको मृत्यु



Dharana    

access_time 25 Jun 2020

काठमाडौं / नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ ।

मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । गण्डकी प्रदेशमा कोरोना  संक्रमितको संख्या ७५३ पुगेको छ ।





Share Your Thoughts