एकैदिन ६२९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १०,७२८ पुग्यो



Dharana    

access_time 24 Jun 2020

काठमाडौं /  नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ । 

साथै थप  ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । 

अहिले देशका विभिन्न क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । 

अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् भने अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ । 



Share Your Thoughts