क्वारेन्टाइनमा झुन्डिएर आत्महत्या !



Dharana    

access_time 24 Jun 2020

काठमाडौं /  क्वारेन्टाइनमा बसेका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।

तनहुँbघिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका अन्दाजी ४९ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेका हुन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालका अनुसार आफू बस्दै आएको क्वारेन्टाइनको कोठाको पँखामा ट्रयाकसुट च्यातेर झुन्डिएको अवस्थामा उनलाई फेला परेको हो । उनले भने, ‘राति करिब ८ बजेको समयमा खानाका लागि बोलाउने जाने क्रममा उनी बसेको कोठा भित्रबाट लक गरेको रहेछ । झ्याल खोलेर हेर्दा उनी पँखामा झुन्डिएको अवस्थामा क्वारेन्टाइनमा बसेकाहरुले देखेपछि हामीलाई खबर भयो । उनले आफैंले लगाएको ट्रयाकसुट च्यातेर पंखामा झुन्डिएका रहेछन् ।’

 सुरक्षाको मापदण्ड अपनाएर शवलाई जिल्ला अस्पताल तनहुँ ल्याउने तयारी भइरहेको छ । पीसीआर परीक्षणका लागि मृतकको स्वाब पनि संकलन गरिने र रिपोर्ट आएपछि मात्रै शवलाई परिवारका जिम्मा लगाउँछौं ।’



Share Your Thoughts