सुदूरपश्चिममा स्वाब सङ्कलन स्थगित !


अगर बत्ती

Dharana    

access_time 06 Jun 2020

कञ्चपुर / सुदूरपश्चिमको धनगढीमा रहेको एक मात्रै प्रयोगशालामा कोरोना भाइरस परीक्षणका लागि थ्रोट

 स्वाबका नमूना परीक्षणका लागि क्षमताभन्दा बढी मानिस आउन थालेपछि  स्वाब सङ्कलन स्थगित गरिएको छ ।

पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगित गरिएको हो ।

पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २५० मात्रै छ । परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब सङ्कलन कार्य भइरहेको छ ।

यसरी नै स्वाब सङ्कलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले पाँच दिनका लागि स्थगन गरिएको छ । 

प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब सङ्कलनको कार्य शुरु गरिने बताइएको छ ।



Share Your Thoughts