लकडाउन उल्लंघन गर्दै जसपा ! माइतीघर विशाल विरोध प्रदर्शन !


अगर बत्ती

Dharana    

access_time 31 May 2020

काठमाडौं /   जनता समाजवादी पार्टी निकट दलित संगठनले सरकारले घोषणा गरेको लकडाउन अवधिकै बीचमा काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम प्रदर्शन गरेको छ। 

आइतबार सो पार्टीले रुकुम पश्चिम घटनाको विरोधमा प्रदर्शन गरेको हो । 

गत जेठ १० गते मल्ल थरिकी युवतीसँग प्रेम सम्बन्धमा रहेका जाजरकोटका नवराज विश्वकर्मा युवतीलाई भगाउनका लागि रुकुम पश्चिम पुगेका थिए। तर युवती पक्षका मानिसको आक्रमणबाट उनीसहित ५ जनाले ज्यान गुमाउनु परेको थियो। घटनामा परी नवराजका एक जना  अझसम्म बेपत्ता छन्। 

 घटनालाई राजनीतिक रंग दिएर दोषीलाई उम्काउने प्रयास भएको भन्दै जासपाले विरोध कार्यक्रम गरेको जनाएको छ। 

विरोध कार्यक्रमका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईले दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको र त्यस्तो हुन नहुने आफूहरूको माग रहेको बताएका थिए।  

जातीय विभेदका कारण आफूहरूमाथि आक्रमण भएको पीडित पक्षले जनाउदै आएको छ। संसदमा सबै दलले विरोध गरेपनि सडकमा पहिलोपटक जनता समाजवादी पार्टी उत्रिएर विरोध प्रदर्शन गरेको हो।



Share Your Thoughts