८.५ प्रतिशतको लक्ष्य राखेको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने : अर्थमन्त्री खतिवडा


अगर बत्ती

Dharana    

access_time 26 May 2020

काठमाडौं / अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिन सक्ने बताएका छन् ।

संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै मन्त्री खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान सुनाएका हुन् ।

यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने भनेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।



Share Your Thoughts