गृह मन्त्रालयद्वारा रुकुमपश्चिममा भएको घटना छानविनका लागि ५ सदस्यीय समिति गठन


अगर बत्ती

Dharana    

access_time 26 May 2020

काठमाडौं / गृह मन्त्रालयले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको छानविनका लागि छानविन समिति गठन गरेको छ। 

गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदमा घटनाको छानविनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको जानकारी दिए ।

उनले सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको बताए ।

शनिबार बेलुका रुकुम मश्चिम चौरजहारीमा अन्तरजातीय विवाह गर्न खोज्दा भएको विवादमा तीन जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन् ।





Share Your Thoughts