प्रधानमन्त्रीलाई नै थाहा छैन कोरोनाबाट मृत्यु हुनेको संख्या !


अगर बत्ती

Dharana    

access_time 25 May 2020

काठमाडौं / प्रधानमनत्री केपी शर्मा ओली कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याबारे बेखबर रहेका छन्  ।  उनले नेपालमा कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या ३ जना जनाएका छन् जबकी नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।  

सोमबार साँझा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालसम्म तीन जनाको मात्रै मृत्यु भएको बताए । कुनै मानवीय क्षति नहोस् भन्ने सरकारको अथक प्रयासका बाबजुत पनि यसबीचमा ३ जनाको मृत्यु भएको उनले बताए ।

प्रधानमन्त्रीको सम्बोधन केही समय अघि मात्र स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट ४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड–१९ बाट ४ जनाको मृत्यृ, ६८२ संक्रमित र ११२ जना डिस्चार्ज भएको भएको बताएका थिए ।

हालसम्म सिन्धुपाल्चोककी २९ वर्षिया महिला, बाँकेका १९ वर्षीया पुरुष, गुल्मीका ४१ वर्षीय पुरुष र बाराका ७० वर्षीया वृद्धको ज्यान गइसकेको छ ।



Share Your Thoughts