`दुई महिनाको शिशुदेखि ८१ वर्षका वृद्ध निको हुनु कोरोना रोकथामको ठुलो उपलब्धि´


अगर बत्ती

Dharana    

access_time 25 May 2020

काठमाडौं / सरकारले कोरोना भाइरस रोकथाममा सफल भएको जनाएको छ । 

प्रधानमन्त्री  केपि शर्मा ओलीले आज राष्ट्रको नाममा गर्नु भएको सम्बोधनमा यो कुरा जानकारी गराउदै  दुई महिनाको शिशुदेखि एक्कासि वर्षका वृद्धलाई निको पार्न सक्नु कोरोना विरुद्धको लडाइँमा उपलब्धि हासिल  गरेको जनाउनु भयो । 

 एक प्रयोगशालाबाट मात्र सुरु गरिएको परिक्षण अहिले सातै प्रदेशबाट हुन थालेको जनाउदै उहाँले विश्व कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको अवस्थामा मुलुक पनि  कोरोना रोकथाम र नियन्त्रणका लागि  लडिरहेकाे जनाउनु भयो । 

प्रधानमन्त्रीले  मुलुक ६२ दिनको बन्दाबन्दीमा गुज्रिरहेको अवस्थामा  कुनै मानवीय क्षती नहोस् भन्ने अथक प्रयासका बावजुद नेपाल भित्र ३ जनाको मृत्यु समेत भएको जनाउदै  मृत्यु हुनेहरुसहित स्वदेश तथा विदेशमा  कोरोना संक्रमितबाट भएको मानवीय क्षतिप्रति दु:खसहित शोकाकुल परिवारजनमा गहिरो सम्बेदना प्रकट गर्नु भएको छ । 

ओलीले आगामी जेठ २० गतेसम्मलाई लकडाउन जारी छ रहेको जनाउदै लकडाउनले अर्थतन्त्र र देशवासीमा पुग्न गएको अफ्ठ्याराेप्रति सरकार गम्भीर र संवेदनशील रहेको समेत जनाउनु भएको छ । 

नयाँ वर्षदेखि महामारीको संक्रमण विस्तार हुँदै गएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट  संक्रमितहुने को संख्या ६०० नाघिसकेको अवस्थामा  कोरोना भाइरस नियन्त्रणमा सरकार प्रारम्भिक तयारीमा केही अलमल देखिए पनि हालसम्ममा सरकारले लिएको कदम सफल भएको प्रधानमन्त्रीले जनाउनु भयो । 

समयमै गरिएको लकडाउन , सिमानाका बन्दी, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्दले कोरोना संक्रमणबाट मुलुकलाई हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ । 



Share Your Thoughts