मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, दर्जनौ आफन्तले शवलाई अगाँलो हालेको खुलासा


अगर बत्ती

Dharana    

access_time 25 May 2020

काठमाडौं / नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत् एक बिरामीको पाँच गते मृत्यु भएको थियो।

अस्पतालबाट शव बुझेकै दिन अन्तिम संस्कार गरेको बुझिएको बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ। योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो । 
उनको मृत्युपछि दर्जनौ आफन्तले उनको शव अगाँलो हालेर रुदै धार्मिक परम्पराअनुसार अन्तेष्टि गरिएको थियो ।

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सोमबार बिहान रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको बताएका छन्।



Share Your Thoughts