नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो


अगर बत्ती

Dharana    

access_time 24 May 2020

काठमाडौं /  स्वास्थय तथा जनसंख्या मन्त्रालयले आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए । योसँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।


उनका अनुसार पछिल्लो संक्रमितमा मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्सा वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष,रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्र्खुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष रहेका छन् ।


त्यस्तै रुपन्देही गैडाहवाका गाउँपालिका २३, ३०, ४० वर्षीय पुरुष, कपिलबस्तु खैराती ३ का ३५, ३७, ५२ वर्षीय पुरुष र गुल्मीको मदानेका ३१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।

उनले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य सुरु भएको जानकारी दिए ।


हालसम्म ८७ जना कोरोना निको भएर घर फर्केका छन् भने ४२ जिल्लामा संक्रमण देखिएको छ ।





Share Your Thoughts