आईसोलेसनमा बसेका एक कोरोना संक्रमित अस्पतालको झ्याल तोडेर फरार


अगर बत्ती

Dharana    

access_time 24 May 2020

जनकपुर / आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएका छन्  ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट आईसोलेसन कक्षमा रहेका एक कोरोना संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत रहेकोमा उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 

सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए । उनको हाल खोजी भइरहेको छ ।




Share Your Thoughts