नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो


अगर बत्ती

Dharana    

access_time 19 May 2020

काठमाडौं / सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयले सोमबार राती  १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।



Share Your Thoughts