काठमाडौं / नेपालगञ्जमा थप ४७ मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ ।
भेरी अस्पताल नेपागञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।
बाँकेमा ४७ र गुल्मी, मोरङ, धनुषा, रौतहट, धादिङ साथै दाङका एक-एकजनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना संक्रमित निको भएका छन् ।