कोरोनाले मृत्यु भएकी महिलाको नवजात शिशु र श्रीमानको रिपोर्ट नेगेटिभ


अगर बत्ती

Dharana    

access_time 18 May 2020

काठमाडौं / कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

  धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा गरिएको कोरोना परीक्षणमा सबैजनाको नेगेटिभ रिपोर्ट आएको जनाएका छन् । 

सिन्धुपाल्चोककी २९ वर्षीया महिलालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लगिएको थियो । त्यहाँबाट पनि उनलाई धुलिखेल ल्याइएको थियो । बिहीबार उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।



Share Your Thoughts