विश्व कोरोना अपडेट : ३ लाख बढीको मृत्यु,५० लाख संक्रमित


अगर बत्ती

Dharana    

access_time 18 May 2020

काठमाडौं /   कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ ।


यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ ।


२६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।


सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६२ हजार ८३९ जनाको मृत्यु भएको छ ।


१७ लाख ८० हजार ७५३ जना संक्रमित भएकोमा ७ लाख ६९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।


उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ८३ हजार ४३६ पुगेको छ ।


यस्तै एसियाली मुलुकहरुमा २४ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३०८ जना संक्रमित भएका छन् ।




Share Your Thoughts