स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ


अगर बत्ती

Dharana    

access_time 17 May 2020

काठमाडौं /   शुक्रबार नागढुंगामा प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

 काठमाडौं चन्द्रागिरिका कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर कानुन हातमा लिई  केही व्यक्तिले सोधपुछ गरेका थिए।

आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो।






Share Your Thoughts