काठमाडौं / नेपालमा पहिलो पटक कोरोना भाइर (कोभिड(१९) ले एक महिलाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार राति ज्यान गएको हो ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुन: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
संक्रमित महिलाको ज्यान गएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ ।