थप ३ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या २७६ पुग्यो


अगर बत्ती

Dharana    

access_time 16 May 2020

काठमाडौं  / नेपालमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, शिवराज न. पा. चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू कोरोना देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।
यसअघि आजै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन्।



Share Your Thoughts