काठमाडौंमा ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो


अगर बत्ती

Dharana    

access_time 15 May 2020

काठमाडौं / नेपालमा थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार  पर्साका ४ जना, काठमाडौं सतुंगलका ७ वर्षीय बालक १ जना ,दाङका ३ जना र उदयपुरका १ जना गरी थप नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज बिहान मात्रै नेपालगंज र मकवानपुरमा ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै आजै मात्र १८ जना संक्रमित थपिएका छन्। नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।



Share Your Thoughts