अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई प्रहरीले गोली चलाउने सक्ने


अगर बत्ती

Dharana    

access_time 15 May 2020

काठमाडौं /  पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेको खण्डमा प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अस्पताल भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षाका सबै उपाय अपनाउने र त्यती गर्दा पनि नभएर संक्रमितलाई नियन्त्रणमा लिन गोली समेत चलाउन सक्ने निर्णय बैठकले गरेको हो । गत बुधबार वीरगंजस्थित नायारयणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई संक्रमित फरार भएका थिए । यद्यपी उनीहरु पक्राउ परिसकेका छन् ।

यस्तै बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।



Share Your Thoughts