काठमाडौं / सर्वोच्च अदालतले तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिएको हो ।
सर्वाेच्चले कोरोना परीक्षण नबढाएको सम्बन्धमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कोरोना परीक्षणको दायरा बढाउन अन्तरिम आदेशको माग गर्दै अधिवक्ता कमलबहादुर खत्रीसहितले रिट दायर गरेका थिए ।
तर सर्वाेच्चले अन्तरिम आदेश नदिएर विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।