टिचिङ अस्पतालका चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखियो


अगर बत्ती

Dharana    

access_time 14 May 2020

काठमाडौं /  महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालमा  उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो । 

 कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पतालमा  बैशाख २३ गतेदेखि भर्ना भएर उपचार गराइरहेकी  ६ वर्षीया बालिकामा आज विहान कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।  अस्पतालको न्युरो वार्डलाई सिल गरिएको छ ।



Share Your Thoughts